प्रदेश नम्बर १ मा काँग्रेस अगाडि, यस्तो छ दलहरूको जित र अग्रताको अवस्था (विवरणसहित)

Posted on: 17 May, 2022

जेठ २, काठमाडौं | प्रदेश नंबर १ का १४ जिल्लाका स्थानीय तहमा हालसम्म भएको मतगणनाका क्रममा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ । अग्रता हासिल गरेका स्थानीय तहमा पनि पहिलो स्थानमा छ ।

काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता हासिल गरेको छ ।

दोश्रो स्थानमा रहेको एमालेले १६ स्थानीय तह जितेको छ भने २८ स्थानीय तहमा अग्र स्थानमा रहेको छ ।

यस्तै माओवादी केन्द्रले ८ स्थानीय तह जितेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जितेको छ भने २ वटामा अग्र स्थानमा रहेको छ । जनता समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता हासिल गरिरहेको छ ।


यस्तो छ प्रदेश १ का जिल्लाहरुमा दलहरुले हासिल गरेको परिणाम :

ताप्लेजुङमा ४ स्थानीय तह काँग्रेसले जितेको छ । एमालेले ३ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

पाँचथरमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने ३ मा अग्रता लिएको छ ।  माओवादी केन्द्रले १ स्थानीय तहमा अग्रता लिएको छ ।

इलाममा २ स्थानीय तह काँग्रेसले जितेको छ भने ३ तहमा अग्रता लिएको छ ।  एमालेले १ स्थानीय तह जितेको छ भने २ मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा अग्रता लिएको छ ।

झापामा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ७ स्थानीय तहमा अग्रता लिएको छ । २ स्थानीय तहमा राप्रपाले अग्रता लिएको छ । 

संखुवासभामा ५ स्थानीय तहमा काँग्रेसले जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ २ स्थानीय तहमा अग्रता लिएको छ ।

तेह्रथुममा काँग्रेसले ३ स्थानीय तह जित्दा एमालेले पनि ३ स्थानीय तह जितेको छ ।

भोजपुरमा ३ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने १ स्थानीय तहमा जितेको छ । यस्तै एमालेले २ स्थानीय तह र माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

धनकुटामा ३ स्थानीय तहमा काँग्रेसले जितेको छ भने २ वटामा अग्रता लिएको छ । यस्तै एमालेले एउटा पालिका जितेको छ भने एउटामा अग्रता लिएको छ ।

मोरङमा काँग्रेसले १ स्थानीय तह जितेको छ भने ५ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १० स्थानीय तहमा अग्रता लिइरहेको छ ।

उदयपुरमा काँग्रेसले १ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ ।

ओखलढुङ्गामा २ स्थानीय तह काँग्रेसले जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्र,जनता समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानीय तह जितेका छन् ।

खोटाङमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने २ वटामा अग्रता लिइरहेको छ । एमाले र माओवादी केन्द्रले दुई दुई स्थानीय तह जितेका छन् ।

सोलुखुम्बुमा काँग्रेसले ३ स्थानीय तह जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ भने एउटामा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले १ स्थानीय तह जितेको छ ।

सुनसरीमा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ५ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले एक स्थानीय तहमा अग्रता लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!