प्रेस चौतारी पाँचथर अध्यक्षमा काफ्ले

Posted on: 13 Jan, 2022

कमल घिमिरे । पौष २९ । पाँचथर ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल, पाँचथरको छैठौँ जिल्ला अधिबेशनले रबिन्द्र काफ्लेको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसहमतमा चयन गरेको छ ।

फिदिम स्थित सरगम होटलको सभाहलमा भएको अधिबेशन पुर्व भौतिक तथा यातायात मन्त्री वसन्त नेम्बाङले उद्घाटन गर्नुभएको थियो । समितिको उपाध्यक्षमा बिपुल अधिकारी र दुर्गा खनाल, सचिवमा भावना लिङ्देन, सह सचिवमा जिवन गौतम र चिरन्जिबी विश्वकर्मा र कोषाध्यक्षमा इवारा जबेजु चयन भएका हुन ।

समितिको सदस्यमा नेत्र कोइराला, रजनी हाङसरुम्बा, मदन थापा, मौसम सम्बाहम्फे र रमेश थापा चयन भएका हुन । त्यस्तै गरी केन्द्रीय प्रतिनिधीमा तुलसी थापा, शान्ति राई र बिपुल अधिकारी चयन भएका हुन । प्रदेश प्रतिनिधीमा सागर खनाल, दिलकुमारी तामाङ र रमेश थापा चयन भएका हुन ।

बुधबार साँझ अबेर सम्म भएको बन्द सत्रबाट चौतारीका नयाँ पदाधिकारी सर्वसहमत चयन भएका हुन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!