पाँचथरका पत्रकारलाई फोटो पत्रकारीता तालिम

Posted on: 27 Mar, 2022

कमल घिमिरे। चैत्र १३ । पाँचथर, पत्रकारहरुका लागी ३ दिने फोटो पत्रकारिता तालिम पाँचथरको फिदिममा सम्पन्न  भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा २० जना पत्रकारहरु सहभागी रहेको पत्रकार महाँसंघका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो । 

पत्रकारलाई क्षमता अविवृद्धी गर्ने उद्देश्यले सञ्चालन भएको तालिम चैत ११ देखी १३ गते सम्म आयोजना गरिएको हो ।  पत्रकार महासंघको हलमा सञ्चालन भएको तालिमको सहजिकरण दृष्य टि.भि का प्रबन्ध सम्पादक चन्द्र  शेखर कार्किले गर्नुभएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!