राष्ट्रसेवक सहकारीको २२ औँ साधारण सभा सम्पन्न

Posted on: 07 Jan, 2023

कमल घिमिरे । पौष २३ । पाँचथर,पाँचथरको फिदिममा राष्ट्रसेवक सहकारी सँस्था लिमिटेडको को २२ औँ साधारण सभा सम्पन्न भएको छ । 

जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका अध्यक्ष सुर्य प्रसाद अधिकारीले संस्थाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष याम बहादुर चौहानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा जेष्ठ शेयर सदस्य दुई जना, असल वचतकर्ता दुई जना र असल ऋिणी दुई जना लाई सम्मान पत्र र दोसल्ला ले सम्मान गरिएको थियो ।

यस्तै संस्थाका शेयर सदस्यका परिवारले एस.इ.इ, प्रविणता र स्नातक तहमा उत्कृष्ट अंक ल्याउनेलाई समेत सम्मान गरिएको थियो । हाल संस्थामा २ करोड नजिक ऋण लगानी हुँदा यस आर्थिक वर्षमा २ लाख ८२ हजार खुद नाफा भएको प्रतिवेदनमा उल्लेख छ । 

साधाराण सभा संस्थाका अध्यक्ष सुर्य प्रसाद अधिकारीको अध्यक्षता र नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!