नेकपालाई साइजमा ल्याएरै छोड्छौं -नेका नेता तिवारी

Posted on: 26 Oct, 2019

नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता एवम् पूर्व साँसद ऋषिकेश तिवारीले नेपालका कम्युनिष्टहरू शब्दको ओखतिले रोग निको पार्छौ भन्छन ।


शब्दको ओखतिले नत रोग निको हुन्छ नत भोक निको??

पर्वतको विहादी गाउँपालिका–३  रानीपानी मा नेपाली काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गदै नेता तिवारीले कम्युनिष्टले जनतालाई ‘सुखी नेपाली समृद्ध नेपाल’को झुट्टा नारा भजाएर सत्ताको सिढि चढेको दाबी गर्नुभयो । उहाँले सरकारलाई चुनावमा जनतासँग गरेको बाचा हरू भूलेको र जनतालाई आंखामा छारो हालेको आरोप लगाउनुभो ।

कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिवारीले कम्युनिष्ट शब्दको ओखतिले रोग निको पार्ने स्वप्न जनतालाई बांडेको , अरूले गरेको काम आंफैले गरेको भनी झूटा प्रचार गरेको तर नेपाली कांग्रेस आफुले गरेको कामको प्रचार समेत गर्न नसकेकाले पार्टी पराजित हुनुपरेको दुखेसो सुनाउनुभयो ।

मुलुक विकासका लागि अहिलेसम्म बनेका सबै अबधारणा काँग्रेसको अवधारणा भएको पनि उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा, बिहादी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी प्रविन गुरुङ , नेपाली काँग्रेस पर्वतका सदस्य गोविन्दप्रसाद पाध्या, अर्का जिल्ला सदस्य हर्कबहादुर सुनार, नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विष्णु भुसाल , महाधिबेसन प्रतिनिधि हरि न्यौपाने,रानीपानीका वडाअध्यक्ष  नेपाली काँग्रेस बराचौरका पुर्व पार्टी सभापति हरिप्रसाद पराजुली, नेबिसंघ बिहादी गाउँपालिका सभापति  हिमलाल गिरि लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाली कांग्रेस रानीपानीका सभापति ओमप्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस रानिपनिका सचिब जयलाल पौडेलले  गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!