पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै

Posted on: 22 Nov, 2022

मङ्सिर ६, पर्बत । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । जिल्लामा कूल खसेको ६६ हजार दुई सय ७३ मतमध्ये बिहान ६ बजेसम्म  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ हजार आठ सय ५२ मत गणना गरिएको छ । 

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा (एमाले)का उम्मेदवार पदम गिरीलाई चार सय ८६ मतान्तरले पछि पारेका छन् । जोशीले चार हजार एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने गिरीले तीन हजार छ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरले तीन हजार नौ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले तीन हजार आठ सय १२ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले पाँच सय ३० मतले पछि पार्दै अग्रता कायम राखेका छन् । पछिल्लो  परिणामअनुसार कांग्रेसका तिवारीले तीन हजार एक सय ७१ र एमालेका बस्यालले तीन हजार सात सय मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार मतगणना जारी रहेको  र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!