रेशम चौधरीलाई छाड्न अध्यादेश ल्याएका थियौं, सर्वोच्चबाट टुंगिसकेकाले चाँडै निष्कर्षमा पुग्छौं : प्रधानमन्त्री

Posted on: 18 May, 2023

जेठ ४, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीलाई छाड्न आफूहरूले पहिला पनि प्रयास गरेको बताएका छन् ।

सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘रेशम चौधरीलाई छुटाउनका लागि अध्यादेश ल्याएर प्रयास गरेका हौं । अदालतबाट जे फैसला भएपनि त्यसलाई चाँडै टुंग्याउनुपर्छ भनेर सबैतिर आवाज उठाएका हौं । अहिले टुंगिएको छ । यो विषयलाई समाधान गर्न हामी गम्भीर छौं । हामी चाँडै टुंगोमा पुग्छौं ।’

राजनीतिक आन्दोलनका कारण जेल जीवन बिताइरहेका बन्दीहरूको सम्बन्धमा सरकारको यसै सदनबाट संसदमा विधेयक प्रस्तुत भइसकेको बताए ।

उनले भने, ‘थारुहट आन्दोलनसँग सम्बन्धित मात्रै नभएर मधेश आन्दोलनसहित सबै बन्दीहरूको रिहाइको लागि यो विधेयक जानकारी गराउनु चाहन्छु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!