रामेछापको लुभुघाटमा बस दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्य

Posted on: 05 Jul, 2022

असार २१, रामेछाप | रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

 दुर्घटनामा २५ जना घाइते भएका छन्। २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । घाइतेहरुको उद्दार कार्य जारी छ ।

लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!