रसुवाको नौकुण्ड गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, रसुवा | रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । 

नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए भने जनता समाजवादी पार्टीका बसन्त लामाले ३ सय ५८ मत ल्याए ।

२०७४ सालमा भएको निर्वाचनमा नयाँ शक्तिबाट कान्छा तामाङले नै जित हासिल गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!