रसुवाको पर्यटकीय पदामार्गमा होटल सञ्चालन

Posted on: 11 Apr, 2018

चैत २८ रसुवा | पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ । 

लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ । पर्यटकको ओहोर–दोहोर हुनाले त्यस क्षेत्रका व्यवसायीले दैनिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका होटल व्यवसायी ढिण्डुप तमाङ बताउनुहुन्छ । 

भूकम्पपछि मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्रका बासिन्दा विस्थापित भएको ६ महिनाभित्र आफ्नो थातथलो फर्र्किइ दाताको सहयोगमा होटल तथा लज निर्माण गरी यथास्थानमा फर्किएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!