मलेसियाबाट फर्किने क्रममा महिलाको चरित्रहत्या गर्ने एक जना विमानस्थलबाट पक्राउ

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | मलेसियामा रोजगारीमा रहने क्रममा एकजना महिला र उनकी बहिनीको तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा एकजना युवा पक्राउ परेका छन्। 

मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अभियुक्तलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रौतहटको देवाही गोनही नगरपालिका वडा नम्बर ५ स्थित टिकुलियाका २२ वर्षीय हरिहर प्रसाद यादव रहेका छन् ।

साइबर ब्युरोका अनुसार एक महिलाले आफ्नो चरित्र हत्या गर्ने गरी आफ्नो बहिनीको पनि तस्बिर प्रयोग गरेर सामाजिक सञ्जालमा हालेको भन्दै उजुरी दिएकी थिइन्। 

उक्त तस्बिरमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी पोस्ट गर्नुका साथै पीडितका परिवारलाई मानसिक तनाव र हैरानी दिने गरेको गुनासो प्रहरीकहाँ पुगेको थियो। 

ब्युरोको अनुसन्धानका क्रममा उक्त प्रोफाइल विदेशबाट सञ्चालित रहेको खुलेको थियो। त्यसपछि यादवलाई वैदेशिक रोजगारी सकेर मलेसियाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!