पछिल्लो समयका समाचारहरु |


मोदीले पाएका उपहार लिलामी सुरू

Posted on September 18, 2022 | views : 141 |

असोज २, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका १२ सय बढी उपहार लिलामीमा राखिएको छ।  यस वर्ष लगभग १२०० स्मृति चिन्ह र उपहारहरू ई-लिलामीमा राखिएको छ। नयाँ दिल्लीस्थित नेशनल ग्यालरी अफ मोडर्न आर्टमा स्मृति चिन्हको प्रदर्शन गरिएको छ। यी वस्तुहरू वेबसाइटमा पनि हेर्न सकि

Read More

६५ वर्षको उमेरसम्म ५३ जना महिलासँग विवाह

Posted on September 18, 2022 | views : 333 | काठमाडौँ - KTM

एजेन्सी | एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् । अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थ

Read More

प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा, भने- 'राजा हटाए भने विकास बोर्डको जागिर स्थायी हो र?

Posted on September 18, 2022 | views : 194 | काठमाडौँ - KTM

असोज २, काठमाडौं | अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् । विकास बोर्डले राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ। यो प्रावधान आफ्नो पछिल्लो फिल्म ‘प्रेमगीत ३’लाई

Read More

बाहुबली स्टार प्रभास र कृति प्रेम सम्बन्धमा

Posted on September 18, 2022 | views : 383 | काठमाडौँ - KTM

असोज २, काठमाडौं | बलिड नायिका कृति सेनन आफ्नो प्रेम जीवनको विषयलाई लिएर चर्चामा छिन्। अहिले बाहुबली स्टार प्रभाससँग प्रेम सम्बन्धनमा रहेको चर्चा बलिउडमा छ। यो खबरमा सामाजिक सञ्जाल पनि तताएको छ। कफि विद करण शो बाट सुरु भएको उनीहरूको प्रेम जीवनको चर्चा अहिले जताततै छ। उक्त शो मा कृतिले प्रभासलाई कल ग

Read More

राप्रपा प्रवेश गरिन् जसपा नेता रेणुका गुरूङ

Posted on September 18, 2022 | views : 155 | काठमाडौँ - KTM

असोज २, काठमाडौं | जनता समाजवादी पार्टीकी नेता रेणुका गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गुरूङलाई पार्टी प्रवेश गराएका हुन्। उनी निवर्तमान सांसद हुन्। यस्तै पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपा प्रवेश गरेका छन्। एकीकृत राष्ट्रिय शक्ति

Read More

चण्डीगढ अश्लील भिडियो मामिला, ८ विद्यार्थीले गरे आत्महत्याको प्रयास

Posted on September 18, 2022 | views : 230 |

एजेन्सी | चण्डीगढ नजिकै एक निजी विश्वविद्यालयमा शनिबार अबेर राती कम्तीमा ८ किशोरीले आत्महत्या प्रयास गरेको बीबीसी हिन्दीले जानकारी दिएको छ । उक्त प्रयास पछि विश्वविद्यालयमा बेस्सरी हंगामा भएको छ । यस निजी विश्वविद्यालयका विद्यार्थीहरूले सेयर गरेको भिडियोमा एक युवतीले नुहाउने क्रममा साथी केटीहरूको भि

Read More

आज असोजको पहिलो कारोबार दिन बढ्यो सुन-चाँदीको मूल्य !

Posted on September 18, 2022 | views : 231 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | असोज महिनाको पहिलो कारोबार दिनमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुप

Read More

पल शाह मुद्दाको फैसला आज आउन सक्ने

Posted on September 18, 2022 | views : 190 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो ।  आज सुनुवाइको मिति तोकिएको अभिनेता शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिए ।

Read More

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

Posted on September 18, 2022 | views : 239 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | एजेन्सी | विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ । उत्तरी मुम्बइस्थित सेन्ट म्यारीज इंगलिस हाइ स्कुलक २६ वर्षीय शिक्षिकाको  मृत्यु भएको हो ।  प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा स्टाफ रुममा जान छैठौं तलामा पर्खिरह

Read More

बालेनको निशानामा राष्ट्रपति भण्डारी पनि

Posted on September 18, 2022 | views : 1634 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्। छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on September 18, 2022 | views : 397 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६

Read More

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ भवन भत्काइँदै

Posted on September 18, 2022 | views : 938 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।   काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठम

Read More

यू-२० एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

Posted on September 18, 2022 | views : 257 | काठमाडौँ - KTM

असोज २, काठमाडौं | बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्नेछ ।  शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।  समूह &#

Read More

मौसम अपडेट : देशका यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

Posted on September 18, 2022 | views : 228 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | आज देशभरको मौसममा  सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देख

Read More

नाबालिगलाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

Posted on September 17, 2022 | views : 179 | चितवन - CTW

असोज १, भक्तपुर | भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  उनले ती बालिकालाई भक्तपुर नगरपा

Read More

बालेन र हर्क झिल्को मात्र हुन्, समयमै सम्बोधन नगरे चुनाव जित्न सजिलो हुदैन् : भट्टराई

Posted on September 17, 2022 | views : 624 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङको प्रशंसा गर्दै युवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी गरेका छन्।  शनिवार बसेको प्रतिनिधि सभाको एघारौँ अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष

Read More

ब्राउनसुगरसहित बाँकेमा ३ जना पक्राउ

Posted on September 17, 2022 | views : 132 | बाँके - BNK

असोज १, दाङ | बाँकेमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमानश्रीमतीसहित तीन जना छन्। कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएस

Read More

संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए:- झलनाथ खनाल

Posted on September 17, 2022 | views : 169 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | प्रतिनिधिसभा विघटनको पक्ष विपक्षमा अन्तिम दिन पनि नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ। संसदमा सम्बोधन गर्दै केपी ओलीले तत्कालीन अवस्थामा आफूले गरेको विघटनको बचाउ गरेपछि विघटनको विपक्षमा रहेका नेताहरुले त्यसको प्रतिवाद गरे। ओलीले आफूले संविधानअनुसार विघटन गरेको संसदलाई गैरसंवैधानिक

Read More

एमाले अध्यक्ष ओलीले गरे संसद विघटनको बचाउ

Posted on September 17, 2022 | views : 190 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले २ पटक गरेको संसद विघटनको बचाउ गर्दै संविधानमा भएको व्यवस्थाअनुसार आफूले उचित कदम चालेको दाबी गर्नुभएको

Read More

अछाममा पहिरोबाट ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

Posted on September 17, 2022 | views : 228 | अछाम - ACM

असोज १, अछाम | अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउनको संख्या १७ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका-६, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए  ज्यान गुमाउनेहरूमा कमलब

Read More

बर्दियामा बाढीले दर्जनौं बस्ती डुबानमा

Posted on September 17, 2022 | views : 281 | बर्दिया - BRD

असोज १ बर्दिया | अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती डुवानमा परेका छन्। बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका हुन्। जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७

Read More

दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

Posted on September 17, 2022 | views : 178 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | दशैँका लागि आजबाट सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा

Read More

विश्वकर्मा पूजा किन गरिन्छ ? यस्तो छ रहस्य

Posted on September 17, 2022 | views : 235 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | आज असोज  १ गते भगवान विश्वकर्माको जन्म दिन हो । हिन्दु संस्कृतिमा उनलाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश

Read More

अछाममा पहिरोबाट १४ जनाको मृत्यु, ९ जना बेपत्ता

Posted on September 17, 2022 | views : 263 | अछाम - ACM

असोज १, धनगढी | अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परि १४ जनाको मृत्यु भएको छ |  जिल्लाको कमलबजार नगरपालिका-६, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना

Read More

आईफोन १४ मा Xiaomi बाट एप्पलले समावेश गर्‍यो यी ३ फिचर

Posted on September 17, 2022 | views : 881 | काठमाडौँ - KTM

असोज १, काठमाडौं | एप्पलले गत साता आईफोन १४ सिरिज सार्वजनिक गर्‍याे । कम्पनीले नयाँ सिरिज सार्वजनिक गरेसँगै त्यसमा समावेश फिचरलाई लिएर थुप्रै कुरा बाहिर आएका छन् । आईफोनको नयाँ सिरिजमा थपिएका कतिपय फिचरहरू पनि एन्ड्रोइडबाट कपी भएको टिप्पणी भइरहेका छन् । यस वर्ष पनि आईफोन १४ सिरिजमा एन्ड्रोइडका केही

Read More

किर्गिस्तान-ताजिकिस्तान सीमामा झडप हुँद लगभग ३० को मृत्यु

Posted on September 17, 2022 | views : 212 | काठमाडौँ - KTM

असोज १, एजेन्सी | किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा लडाइँ भइरहन्छ । हप्ताको सुरुमा सुरु भएको नयाँ झडप शुक्रबार पनि जारी रह्यो, यद्यपि दुई देशले युद्धविरा

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on September 17, 2022 | views : 409 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद

Read More