महिलाको अपहरण गरी हत्या गरेको आरोपमा माओवादीका नेता–कार्यकर्ता पक्राउ

Posted on: 11 May, 2022

वैशाख २८, रुकुम | महिलाको अपहरण गरी हत्या गरेको आरोपमा रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

यही वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीया जुङमाया बुढालाई अपहरण गरी हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा माओवादी केन्द्रबाट वडाध्यक्षका उमेदवार रहेका कुमार सिंह बुढा, पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–११ का वडाध्यक्ष जयकुमार बुढा र अर्जुन बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको रुकुम पूर्वका डीएसपी प्रकाश डाँगीले जानकारी दिए । ‘‘पीडित पक्षले माओवादीकै नेता–कार्यकर्ताहरुले अपहरण गरी हत्या गरेको आरोप लगाएका थिए । थप अनुसन्धान भइरहेको छ,” उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!