भैरहवाबाट उडान नगरेपछि हिमालय र नेपाल एयरलाइन्सको काठमाडौंबाट हुने उडान कटौती

Posted on: 30 Oct, 2022

कात्तिक १३, काठमाडौँ । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरिदिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने गरी तालिका नबनाएको भन्दै सरकारले एयरलाइन्सको उडाननै कटौती गरिदिएको हो । 

नियम अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट पनि गर्नुपर्ने हुन्छ । तर भैरहवाबाट उडान भर्न फाइदा नभएपछि हिमालय र नेपाल वायुसेवा निगमले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका बनाएनन् । त्यसै नियम उलंघन गरेको कारवाही स्वरूप प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको छ । हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स सहित विदेशी एयरलाइन्सहरु एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले त्रिभुवन विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान भर्दै आएका छन् । 

यसमा बिदेशी एयरलाइन्सहरुको लागि भने भैरहवाबाट उडान अनिवार्य भर्ने मिति केहि पछि सारिएको छ । दैनिक तीन भन्दा बढी उडान भर्ने बिदेशी एयरलाइन्सहरुले भैरहवाबाट पनि एक उडान अनिवार्य भर्नुपर्ने मिति २०२२, १५ डिसेम्बर सम्मको लागि सारिएको छ तर नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई भने आजैदेखि यो नियम लगाइएको छ । नेपाली एयरलाइन्सहरुले नियम नमानी तालिका बनाएपछि प्राधिकारणले दुवै एयरलाइन्सको उडानमा कटौती गरिदिएको हो । प्राधिकारणले बनाएको नियमलाई मिचेपछि उनीहरुले अटेरी गरेको भन्दै उडान कटौती गरेको हो ।

अहिले भैरहवा स्थित विमानस्थलमा जजिरा एयरलाइन्सले कुवेतबाट साताको ३ वटा मात्रै उडान गरिरहेको छ । बाध्यकारी नियम बनाइएपछि अब वैदेशिक रोजगारमा जानेहरुले भैरहवाबाट पनि उडान भर्नुपर्ने हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!