हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने

Posted on: 02 Nov, 2022

कात्तिक १६, काठमाडौँ । हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । यस सिलसिलामा एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिने नेपाल नागरिक उड्ययन प्राधिकरणले आश्वासन दिएको छ । 

एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्ने भएको छ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भए पश्चात भोली बिहिबारदेखि उडान सञ्चालन हुनसक्ने एयरलाइन्सले जनाएको छ । 


प्रारम्भिक चरणका लागि एअरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्नेछ भने भविष्यमा गौतमबुध्द विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति प्राप्त भएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने एअरलाइन्सले जनाएको छ । सञ्चालन योजनालाई सम्बोधन गर्दै प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले भैरहवाबाट नियमित उडानहरू सञ्चालन गर्न निरन्तर रुपमा लागिरहेको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!