बुटवलमा फराकिलाे मतान्तर बनाउदै गठबन्धनका उम्मेदवार

Posted on: 15 May, 2022

जेठ १, बुटवल | बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ । सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले २ हजार २१४ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई एमालेका बाबुराम भट्टराईले १ हजार ३१२ मतले पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी साबित्रादेवी अर्यालले १ हजार ४८२ मत ल्याएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १ हजार २८१ मत पाएका छन् । मतगणना जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!