बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Posted on: 21 May, 2022

जेठ ७, बुटवल | बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्‍डेय निर्वाचित भएका छन्।

खेलराज पाण्‍डेयले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५ सय ५३ मतान्तरले पराजित गर्दै मेयरमा विजयी भएका हुन्।

मेयर पदमा उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्‍डेयले ३० हजार १ सय ३० मत प्राप्त गरे। यस्तै मेयर पदमा उम्मेदवार एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ मत प्राप्त गरे । राप्रपाका उम्मेदवारले ४ हजार २ सय ९७ मत प्राप्त गरे।  

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन्। एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई झण्डै ८ हजार मतान्तरले पराजित गर्दै अर्याल उपमेयरमा विजयी भएकी हुन्।

नेकपा एमालेकी सावित्रादेवी अर्यालले २४ हजार ९ सय ४ मत ल्याउँदा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत प्राप्त गरे |यस्तै राप्रपा उम्मेदवार भगवती पाण्डेलेले ६ हजार ५ सय २९ मत प्राप्त गरिन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!