रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

Posted on: 22 Nov, 2022

मङ्सिर ६, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् ।

मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!