सुनवलमा निशुल्क सेनिटरी प्याड वितरण, महिलालाई सहज हुने दाबी

Posted on: 07 Dec, 2021

मंसिर २१, काठमाडौँ | पश्चिम नवलपरासीको सुनवलमा निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ। द लर्ड बुद्ध युवा क्लव सुनवल ५ बनकट्टिले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा निशुल्क सेनिटरी प्याड वितरण गरेको हो। सुनवल चौराहामा एक कार्यक्रमका बिच सर्वसाधारण महिला, विद्यालयका छात्रालगायत ३०६ जनालाई निशुल्क सेनिटरी प्याड वितरण गरिएको क्लवले जनाएको छ।

क्लवका अध्यक्ष पे्रम बहादुर गुरुङको अध्यक्षता, सुनवल नगरपालिका वडा नं ५ का वडाध्यक्ष थमन सिंह नेपालीको प्रमुख आतिथ्यता तथा वडा नं ४ का वडाध्यक्ष विरबहादुर गुरुङंको विशेष आतिथ्यता रहेको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालीले महिनावारीलाई छाउपडि प्रथाको संज्ञा दिँदै छाउपडि प्रथा हटाएर महिनावारीलई मर्यादित बनाउनुपर्ने बताए।

महिनावारी प्राकृतिक नियम भएकाले यसलाई सहज रुपमा लिन र कसैले पनि भेदभाव नर्गन अनुरोध गर्दै उनले क्लवले गरेका विभिन्न कामलाई सह्रानिय गर्दै वडाबाट आवश्यक थप सहयोग गर्न आफू तयार रहेको समेत वडाध्यक्ष नेपालीले बताए। त्यस्तै मंगलबार भुमही चोक र बुधवार बनकट्टिमा पनि निशुल्क सेनिटरी प्याड वितरण गरिने कार्यक्रम रहेको क्लवका सदस्य एवं समन्वयकर्ता समिर परियारले जानकारी दिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!