विवाह दर्ता गर्दा घुस लिने वडा सचिव पक्राउ !

Posted on: 17 Dec, 2021

पुस २, काठमाडौँ | विवाह दर्ता गराउन आएका सेवाग्राहीसँग घुस लिने वडा सचिव (नायव सुब्बा) पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ को वडा कार्यालयका सचिव (नायव सुब्बा) मोहम्मद सिद्धिक रहेका छन्।

विवाह दर्ता गराउन आएका सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं पूर्वजानकारीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।  

सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यालयबाट सिद्धिकलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। घुससहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!