रुपन्देहीको देवदह जंगलमा महिला र बालिकाको शव भेटियो

Posted on: 25 Jan, 2022

माघ ११, काठमाडौँ | रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका  प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले बताए ।

पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने उनले बताए ।  शवको पहिचान खुल्न नसकेको बताउँदै मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केसीले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!