रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

Posted on: 23 May, 2022

जेठ ९, रुपन्देही | रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!