जनकपुरबाट भैरहवा जाँदै गरेकाे बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु

Posted on: 05 Jun, 2022

जेठ २२, भैरहवा | भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खसेको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका ३४  जना यात्रु घाईते भएका छन । 

जनकपुरबाट भैरहवा तर्फ आउदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । 

 प्रहरीले बसलाई निकालेको र घाईतेको उद्दार गरि अस्पताल पुर्‍याउने काम भएको बताए । चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेकाे पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन् । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!