रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 03 Jul, 2022

असार १९, रुपन्देही | रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् । 

गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!