१७ वर्षीया नाबालिका बलात्कार अभियोगमा रूपन्देहीबाट एक जना पक्राउ

Posted on: 28 Dec, 2022

पुस १३, रूपन्देही | १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले  बताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!