प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८७ लाख जरिवाना

Posted on: 28 Dec, 2022

पुस १३, रुपन्देही | रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।


गाउँपालिका कार्यालय मझगाँवा रुपन्देहीका तत्कालीन प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका नेत्रप्रसाद घिमिरे, इन्जिनियर,निर्माण सेवाका प्रोप्राइटरसमेत ७ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

प्रवक्ता भण्डारीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले ४३ लाख ७० हजार राजश्व चुहावट गरी भ्रष्टाचार गरेको पाइएको हो।  उनीहरुविरुद्ध राजश्व चुहावट रकम (४३ लाख ७० हजार) को दोब्बर ( ८७ लाख ४० हजार) को जरिमाना माग दावी गरिएको  छ।

रुपन्देहीको कोटहीमाइ गाउँपालिका वडा नम्बर १ स्थित दानव नदीको सिपवा नाकाबाट नदीजन्य पदार्थ उत्खन‍न गर्न २०७६/०७७ को टेण्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मूल्य घटाइ आर्थिक लाभ लिएको पाइएको अख्तियारको ठहर छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!