लगनको महिना आइसकेकाले बेलैमा सोँच्न कान्छीलाइ भागीरथ चलाउनेको सुझाव (भिडियोसहित)

Posted on: 21 Nov, 2017

निरन्तर लोक गीत संगितको क्षेत्रमा क्रियाशिल सल्यानी लोक तथा दोहोरी गित गायक भागीरथ चलाउनेले लगनको महिनालाइ लक्षित गरि पञ्चेबाजा गीत गाएका छन् । 

सोँच कान्छी बेलै माथी बोलको पञ्चेबाजा गीत युट्युवबाट सार्वजनीक गरिएको हो । गीत सार्वजनीक भएसंगै यसले बजारमा राम्रै चर्चा पाइरहेको छ । गायिका पुजा पौडेलको यस पञ्चेबाजा गितमा पुजालाइ गायक चलाउनेले साथ दिएका छन् । 

सोच कान्छी बेलै माथि बोलको गितको लय तथा शब्द बसन्त थापाको रहेको छ । भिडियोको फिचरिङमा करिश्मा ढकाल ,दिनेश थापा ,निर आले,बाबु काजी थापा र पुजा पौडेल रहेका छन् । 

यस गीतको भिडियो तिर्सना म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो भने भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् । प्रस्तुति: शंकर के सी, सल्यान 


यस बिषयमा तपाइको प्रतिक्रिया...!