बुद्धबारेको भ्रम चिर्न प्रेम विवशले ल्याए राष्ट्रिय गीत (भिडियोसहित)

Posted on: 02 Jan, 2018

शंकर के सी/पुस १८, सल्यान ।

बुद्ध जन्मे नेपालमा विश्व मै छ शान

सुन्दर शान्त नेपाल हाम्रो पहिचान ।

लुम्बीनीमै बुद्धको वित्यो बाल्यकाल

सुन्दर शान्त छ हाम्रो यो देश नेपाल ।।

बुद्ध नेपालमा होइन, भारतमा जन्मेका हुन् भन्ने भ्रम विश्वमा अझै कायम छ । यो भ्रमलाई चिर्न धेरै किसिमका प्रयासहरु भएका छन् । 

यहि मेलोमा संचारकर्मी तथा गायक प्रेम विवश घर्तीले हाम्रो नेपाल राम्रो नेपाल बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो मार्फत बुद्ध नेपालमै जन्मीएका हुन् भन्ने शन्देश दिन खोजेका छन् । निरन्तर गीत संगीतमा क्रियाशिल गायक घर्तीको राष्ट्रिय गीत कल्पना क्रियशन मार्फत बजारमा आएको हो । 

प्रेम विवश घर्ती र स्मृती शाहिको स्वरमा सजियको लोक लयको यस राष्ट्रिय गितमा अभिनय पनि गायक स्वयम घर्ती, लक्ष्मी वोहोरा, प्रवेश घर्ती र प्राप्ती सुवेदीले गरेका छन् । 

सत्यवती कला केन्द्रको नृत्य पनि देख्न सकिन्छ । शव्द संगीत पनि घर्तीकै छ । गितको एरेन्ज अर्जुन कौशलले गरेका हुन् भने अदिराम खड्काले भिडियोको निर्देशन गरेका छन् । 

यस राष्ट्रिय गीतको भिडियोमा देवराज आचार्यको छायांकन र नविन घर्ती मगरको सम्पादन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!