कपुरकोटका ९० जना जेष्ठ नागरिकलाई चिसो छल्न न्यानो कपडा वितरण गरिने

Posted on: 08 Feb, 2021
शंकर के सी । माघ २६, सल्यान । सल्यान कपुरकोटका जेष्ठ नागरिकहरुलाई चिसो छल्न न्यानो कपडा वितरण कार्यक्रम शुरु भएको छ । आइतबार वडा नम्बर १ र २ का १८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा ओढ्नका लागि ब्लांकेट वितरण गरिएको हो । 
यस वर्ष गाउँपालिकाका ६ वटै वडामा ७० वर्ष माथीका ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए । उनले नागरिकको जनजीवन आफुहरुको पहिलो प्राथमिकता भएको जनाउदै जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले हरेक वर्ष सम्मानको कार्यक्रम पनि गर्दै आएको बताए ।
वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढाले जिउँदो इतिहासका रुपमा रहेका जेष्ठ नागरिकहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
गाउँपालिकाले गाउँमै घरमै न्यानो कपडा कम्बल दिएकोमा जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ र २ बाट न्यानो कपडा वितरण सुरुवात गरेको हो । महिला विकास शाखा प्रमुख लक्ष्मी महताराको स्वागत मन्तव्यबाट शुरु भएको न्यानो कपडा वितरण कार्यक्रममा वडा नं १ का वडा सदस्य झुपसिंह राना, कृषक मुल समिति कपुरकोटका अध्यक्ष इश्वर बुढा, कृषि उपज बजार केन्द्र कपुरकोटका कोषाध्यक्ष सन्तसिंह घर्ती, पञ्जीकरण इकाइका फिल्ड सहायक गेहेन्द्र केसी, समाजसेवीहरु नवराज बुढा, हरि बहादुर घर्ती लगाएतको सहभागीता थियो । कार्यक्रमको सहजिकरण शंकर केसीले गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!