सल्यानमा बस दुर्घटना: १२ जनाको मृत्यु, कम्तिमा १८ जना घाइते

Posted on: 07 Nov, 2021

कात्तिक २१, काठमाडौं । सल्यानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा १८ जना घाइते भएका छन् । 

दुर्घटनाबाट मृत्यु हुनेहरुमा १० जना महिला र २ जना पुरुष रहेका छन् । प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र ६ जनाको अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भइसकेको छैन ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई  उपचारका लागि नेपालगञ्ज पठाइएको छ । प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!