सिके राउतको जनमत पार्टीले खाता खोल्यो, सप्तरी २ ‘ख’ मा यादव विजयी

Posted on: 22 Nov, 2022

मङ्सिर ६, सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।

सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।


उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!