राजनीति | सप्तरी - SPT


सप्तरीमा स्थगित भएको मतदान जेठ २ गते हुने

Posted on May 14, 2022 | views : 879 | सप्तरी - SPT

वैशाख ३१, सप्तरी | सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो । जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाउने क्रमम

Read More

सप्तरीको पिपरा मतदान केन्द्रमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

Posted on May 13, 2022 | views : 1189 | सप्तरी - SPT

वैशाख ३०, सप्तरी | सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुबै समूहका ७ जना घाइते भएका छन् ।   शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला १०/१५  जना माेटरसाईकलमा लाठी लिएर आएका एमालेका कार्यकर्ताले बुथ बा

Read More

मतदानस्थलमा तोडफोड र मतदान अधिकृतमाथि आक्रमणपछि सप्तरीमा मतदान स्थगित, जेठ १ गते हुने

Posted on May 13, 2022 | views : 844 | सप्तरी - SPT

वैशाख ३०, सप्तरी | सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नम्बर २ स्थित जनता मावि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ।मतदानस्थलमा तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएपछि आजका लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत रमेश कुमार जोशीले जानकारी दिए। त्यहाँ जेठ १ गते चुनाव

Read More

सप्तरीमा मतदानस्थल तोडफोड, मतदान अधिकृतमाथि कुटपिट

Posted on May 13, 2022 | views : 1018 | सप्तरी - SPT

वैशाख ३०, सप्तरी | सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक मतदानस्थलमा तोडफोड भएको छ । शुक्रबार जारी मतदानमा झडप हुँदा मतदानस्थलमा तोडफोड गर्नुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हो ।   डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतपेटिका तोडफोड गरेका छन् । उन

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 18380 | सप्तरी - SPT

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15592 | सप्तरी - SPT

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

स्थानीत तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट

Posted on April 10, 2022 | views : 947 | सप्तरी - SPT

चैत्र २७, सप्तरी | आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ ।  आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउन

Read More

मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

Posted on February 22, 2022 | views : 2926 | सप्तरी - SPT

फागुन १०, धनुषा । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।  गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका

Read More

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

Posted on January 09, 2022 | views : 1571 | सप्तरी - SPT

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी पुस २५, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । तत्कालीन संविधानसभा सदस्य

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29809 | सप्तरी - SPT

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31335 | सप्तरी - SPT

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30369 | सप्तरी - SPT

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30738 | सप्तरी - SPT

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु

Posted on October 27, 2020 | views : 2455 | सप्तरी - SPT

कात्तिक ११, सप्तरी | संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन  भएको  पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन क

Read More

छोरालाई क्वारेन्टाइनमा नराखेको आरोपलाई वडाध्यक्षले गरे खण्डन

Posted on May 16, 2020 | views : 4462 | सप्तरी - SPT

जेठ ३, सप्तरी । सप्तरीको बोदे बरसाईन नगरापलिका वडा नम्बर ६ का वडाध्यक्षले भारतबाट आएका आफ्नो छोरालाई क्वारेन्टाइनमा नराखेको विषयमा वडाध्यक्षले खण्डन गरेका छन् । भारतमा पढ्दै गरेको छोरालाई नेपाल ल्याएको र क्वारोन्टाइनमा नराखेको भन्ने विषयमा नेपालका विभिन्न सञ्चार माध्यमले समाचार प्रकासन गरेपछि वडाध्य

Read More

प्रदेश २ को प्रदेशसभाको बैठक पुन: स्थगित

Posted on May 03, 2019 | views : 14232 | सप्तरी - SPT

बैशाख २०, जनकपुर– लामो समयपछि बसेको प्रदेशसभाको वैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश नम्बर २ को प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेपछि स्थगित भएको थियो ।  मुख्यमन्त्री लालबाबु राउत सरकारको काम कारबाहीको आलोचना गर्दै नेकपा र काँग्रेसल

Read More

फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित

Posted on April 30, 2019 | views : 9299 | सप्तरी - SPT

बैशाख १६ । सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनु

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102099 | सप्तरी - SPT

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84631 | सप्तरी - SPT

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

सप्तरीको बलानविहुलमा राजपाको सदस्यता वितरण हुँदै: नेता गगन

Posted on December 17, 2018 | views : 3773 | सप्तरी - SPT

पुष २, सप्तरी । सप्तरीको सिमावर्ती बलान बिहुल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी       (राजपा) नेपालले सदस्यता बितरण कार्यलाई तिब्रता दिएका छन् । राजपा नेपालका गाउँपालिका अध्यक्ष अमित कुमार गोईत (गगन) ले सदस्यता बितरण कार्यलाई तिब्रता दिएको जानकारी दिएका छन् । उनले भने “गाउँपालिक

Read More

प्रदेश २: राजधानी र नामबारे सुझाव सङ्कलन शुरु, राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव

Posted on December 06, 2018 | views : 11585 | सप्तरी - SPT

मङ्सिर २०, वीरगञ्ज (रासस) | प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।  हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन्

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56798 | सप्तरी - SPT

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सप्तरीः बलान विहुलमा गर्जिए राजपा नेता गगन

Posted on June 17, 2018 | views : 2999 | सप्तरी - SPT

राम नारायण पंडित | असार ३, सिरहा | मधेशका अधिकार, पहिचान र सम्मानका लागि संघर्षरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका युवानेता अमित कुमार गोईत (गगन) ले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । राजपा नेपालले सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्षमा गगनलाई चयन गरेपछि संचारकर्मीसंग प्रतिक

Read More

जनजाति महासंघ सप्तरीले ७ बुँदे मागसहित प्रमलाई बुझायो ज्ञापनपत्र

Posted on April 17, 2018 | views : 2474 | सप्तरी - SPT

वैशाख ४ राजविराज | नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले सात बुँदे विभिन्न माग राखी सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको नेतृत्वमा आदिवासी जनजातिसँग आबद्ध जातीय संगठन, सम्बन्धित संगठन र स्थानीय तहका गरी २२ वटा संगठनका अध्यक्ष

Read More

माओबादी नेताले वितरण गरे जाडो पीडितलाई कम्बल

Posted on January 21, 2018 | views : 2162 | सप्तरी - SPT

माघ ७, राजविराज | पूर्वमन्त्री एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेशकुमार यादवले अत्यधिक चिसोबाट पीडा खेपिरहेकालाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ ।  तीन सातायताको शीतलहरले प्रभावित भएका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका बासिन्दालाई यादवले राहत वितरण गर्नुभयो । त्यहाँका अपाङ्ग, एकल

Read More

नेपाली काग्रेसका नेता माझीको निधन,

Posted on January 12, 2018 | views : 2135 | सप्तरी - SPT

 पुस २८, सप्तरी,  (रासस)| नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ ।  काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गर

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42648 | सप्तरी - SPT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

राजपा अध्यक्षमण्डल सदस्य भण्डारी निर्वाचित

Posted on December 11, 2017 | views : 2379 | सप्तरी - SPT

मङ्सिर २५, महोत्तरी । महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ ।  आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  भण्डारीका निकटतम प्रतिद्वन्द्वी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नु

Read More