करेन्ट लागेर महिलाको मृत्युु

Posted on: 20 Jun, 2022

असार ६, सप्तरी | राजविराज नगरपालिका-९ स्थित विहारपुरमा सोमबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३० वर्षीया रुवी खातुनको रहेकी छन् ।

आफ्नै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागेर खातुन गम्भीर घाइते भएकी थिइन् । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई उपचारका लागि अस्पताल भर्ना गरी इसिजी गर्दा चिकित्सकले मृत्यु घोषणा गरेको काफ्लेले बताए घटना बारे थप अनुसन्धान भइरहेको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!