सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली काँग्रेस विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको १ नम्वर वडामा नेपाली कांग्रेस बिजयी भएका छन् । यहाँ नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर घिसिङ ११ सय ५ मत सहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर क्याप्छाकीले ६ सय २२ मत मात्र प्राप्त गरे । 

निवर्तमान वडाध्यक्षसमेत रहेका क्प्छाकीलाई घिसिङले फराकिलो मतान्तरले पराजित गरेका हुन् । काँग्रेसका उम्मेदवार घिसिङ प्यानल सहित निर्वाचित भए ।

यस्तै जिल्लाको धन्कौल गाउँपालिका वडा नम्बर १, मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसबाट धन्कौल गाउँपालिका–१, को वडाध्यक्षको उम्मेदवार बनेका गौरीशङ्कर महतो ६ सय ९४ मत सहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेका शिवकुमार महतोले ६ सय ६५ मत मात्र प्राप्त गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!