हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी

Posted on: 20 May, 2022

जेठ ६, सर्लाही | सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र  उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा सहेत हेरिएको छ । 

उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छिन् । घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा  निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् । 

हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!