सर्लाही–१ प्रदेश (१) बाट लोसपाका महतो पुनः विजयी

Posted on: 23 Nov, 2022

मङ्सिर ७, सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उपेन्द्र महतोले प्रदेशसभा सदस्यमा विजयी प्राप्त गर्नुभएको छ । उहाँ नेकपा(माओवादी केन्द्र)का रामचन्द्रसिंह कुशवाहलाई दुई हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

आज बेलुका करिब ८ः१० बजे सार्वजनिक गरिएको मतपरिणामअनुसार महतोले १२ हजार दुई सय ६५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कुशवाहले १० हजार एक सय ३७ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले दुई हजार एक सय २८ मतान्तरले कुशवाहलाई पराजित गर्नुभएको हो । जनता समाजवादी पार्टीका उम्मेदवार अहमद मियाँ मुकेरीले चार हजार ३१ मत ल्याउनुभएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ को (१) बाट लोसपाबाट महतोले २०७४ सालको निर्वाचनमा पनि जित निकाल्नुभएको थियो । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ मा महतोले लोकतान्त्रिक–वाम गठबन्धनतर्फबाट साझा उम्मेदवारी दिनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!