सर्लाहीमा आगोबाट जलेर एक वृद्धाको मृत्यु

Posted on: 20 Jan, 2022

माघ ६, मलङ्गवा | सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेको छ । अत्यधिक जाडोका कारण गएराति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिनुभयो । 

जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धी भएको छ । यसअघि यसैवर्ष आगलागीबाट जलेर तीन जनाको मृत्यु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!