तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 11 Jan, 2022

पुस २७, काठमाडौँ | सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा गएराती तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित दुई जना घाइते भएका छन्।

प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान अनियन्त्रित भएर नालीमा पल्टिँदा सिराहाको धनगढीमाई नगरपालिका–९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालक सिराहाकै सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिराहाको कल्याणपुर नगरपालिका–५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!