विप्लवको बन्दको दिन प्रचण्ड सुटुक्क सुकुटेमा, यसअघि पनि बन्दकै दिन सुकुटे पुगेका थिए

Posted on: 18 Apr, 2019

वैशाख ५, सिन्धुपाल्चोक । विप्लब नेकपाको बन्दको असरले उपत्यका बाहेक अन्य जिल्ल्लाको जनजीवन प्रभावित भईरहेको बेला नेकपा अध्यक्ष प्रचन्ड भने सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । 

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन निकै कम चलेको अवस्थामा उनि आराम गर्न भन्दै सुकुटे पुगेका हुन् । 

प्रचण्डसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका छन् । 


यस अघि प्रधानमन्त्री बनेको बेला पनि विप्लबकै बन्दको दिन पारेर प्रचण्ड सुकुटे पुगेका थिए । त्यतिबेला पनि प्रचण्ड रिफ्रेस हुन भन्दै सुकुटे पुगेका थिए । त्यतिबेला सरकार गठन भएको सय दिन पुगेपछि प्रचण्ड आराम गर्नको लागि सिन्धुपाल्चोक पुगेका थिए । संयोगनै किन नहोस् आज पनि उनि विप्लबको बन्दकै दिन पारेर सुकुटे पुगेका छन् । 

फरक यत्ति हो कि त्यतिखेर विप्लबको बन्द खाद्य सम्प्रभुताको अधिकार सुनिश्चित गर्नको लागि भन्दै भएको थियो भने आजको बन्द सरकारले आफूमाथि लगाएको प्रतिबन्ध बिरुद्ध छ । 

राष्ट्रिय राजनीतिमा विवाद उत्कर्षमा पुग्दा, पार्टीभित्र विवाद चर्कदा प्रचण्ड सुकुटे रिसोर्ट पुग्ने गरेका छन् । राजधानीबाट तीन घण्टाको बीचमा पुग्न सकिने रिसोर्ट भोटेकोसीको किनारामा रहेको छ । सुविधा सम्पन्न रिसोर्टमा बसेर प्रचण्डले योजना बनाउने गरेका छन् । पार्टीको महत्वपूर्ण राजनीतिक प्रतिवेदन बनाउन प्रचण्ड त्यस रिसोर्ट पुग्ने गरेको बताइन्छ । प्रचण्ड पटक-पटक सो रिसोर्ट पुग्ने गरेका छन् । 

(माथिको तश्वीर प्रचण्ड प्रधानमन्त्री भएको बेलाको हो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!