१० मिनेटको अन्तरमा दुई पटक भूकम्प, धक्का काठमाडौँमा पनि

Posted on: 18 Oct, 2021

कात्तिक १, काठमाडौँ | सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटाभूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । 

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!