समाज | सिन्धुपाल्चोक - SDP


सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

Posted on June 09, 2019 | views : 1396 | सिन्धुपाल्चोक - SDP

 जेठ २६,मेलम्ची |(रासस): सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो  । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स

Read More

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

Posted on June 07, 2019 | views : 2384 | सिन्धुपाल्चोक - SDP

जेठ २४, काठमाडौं । संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17874 | सिन्धुपाल्चोक - SDP

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

खण्डहर तातोपानी नाका गुलजार बन्दै

Posted on May 25, 2019 | views : 1512 | सिन्धुपाल्चोक - SDP

रमेश लम्साल, जेठ ११, तातोपानी (सिन्धुपाल्चोक) । विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी असाध्यै खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका यही जेठ १७ गतेदेखि सञ्चालनमा आउँदैछ ।&

Read More

सुन चोर्ने प्रधानाध्यापक पक्राउ

Posted on May 17, 2019 | views : 1880 | सिन्धुपाल्चोक - SDP

मेलम्ची, ३ जेठ (रासस) : अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढ

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15911 | सिन्धुपाल्चोक - SDP

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

सिन्धुपाल्चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु

Posted on May 09, 2019 | views : 2297 | सिन्धुपाल्चोक - SDP

 बैशाख २६, काठमाडौं | सिन्धुपाल्चोक बलेफीस्थित बलेफी बजारमा बा.३ ख ९३४ नम्बरको बसले बा.७२ प ९०३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बलेफी बजारमा सुन पसल गरी बस्ने बाह्रबिसे घुम्थाङका २५ वर्षीय विजय प्रधान रहेको प्रहरीले जनाएको छ । बस खाडीचौरबाट बलेफ

Read More

सिन्धुपाल्चोकमा आइचरबाट खसेर एकको मृत्यु

Posted on May 08, 2019 | views : 2910 | सिन्धुपाल्चोक - SDP

वैशाख २५, मेलम्ची | सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ ।  मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का  ६४ वर्षीय  शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्तीबाट घर फर्क

Read More

आइचरबाट खस्दा एक जनाकोे मृत्यु

Posted on May 08, 2019 | views : 1318 | सिन्धुपाल्चोक - SDP

 वैशाख २५, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ ।  मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का  ६४ वर्षीय  शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्तीबाट घ

Read More

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ

Posted on May 07, 2019 | views : 1610 | सिन्धुपाल्चोक - SDP

बैशाख २४, सिन्धुपाल्चाेक ।  साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीले मंगलबार उनलाई  पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली

Read More

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो

Posted on May 04, 2019 | views : 2451 | सिन्धुपाल्चोक - SDP

बैशाख २१, काठमाण्डौ – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ ।  शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको  गोर्खा भस्कम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ । गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा ध

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18355 | सिन्धुपाल्चोक - SDP

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

सिन्धुपाल्चोकमा सिलिण्डर पड्केर मृत्युहुनेको सनाखत

Posted on March 26, 2019 | views : 1702 | सिन्धुपाल्चोक - SDP

चैत १२, चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाको खाजाघरमा ग्यास सिलिण्डर पड्केर चार मजदूरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दोलखा सितासोरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय संजुक लामा रहेका छन् भने अन्य दुईको शव क्षतविक

Read More

सिलिण्डर पड्किएर चारको मृत्यु

Posted on March 25, 2019 | views : 2743 | सिन्धुपाल्चोक - SDP

चैत ११, काठमाडौँ (रासस) | सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ ।  खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छ

Read More

जुगल हिमाल आरोहणको तयारी

Posted on March 11, 2019 | views : 2863 | सिन्धुपाल्चोक - SDP

राम केसी | फागुन २७, चौतारा | सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरा)को सगरमाथा आरोही माया गुरुङ नेतृत

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31501 | सिन्धुपाल्चोक - SDP

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

Posted on March 08, 2019 | views : 1822 | सिन्धुपाल्चोक - SDP

देवराज सुवेदी | फागुन २४, मेलम्ची | सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्षले

Read More

काठमाडौँको स्वयम्भूबाट सिन्धुपाल्चोकका तीन युवक पक्राउ

Posted on March 06, 2019 | views : 1846 | सिन्धुपाल्चोक - SDP

फागुन २२, चौतारा (रासस) । सस्तो मूल्यमा सुन दिने भन्दै रु १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीया प्रमबहादुर तामाङ, २४ वर्षीया साजन तामाङ र २१ वर्षीया आक्रोश भन्ने सिङ्गबहादुर तामाङ छन्

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20118 | सिन्धुपाल्चोक - SDP

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश न ३ बाट को-को छानिए ?

Posted on February 25, 2019 | views : 7227 | सिन्धुपाल्चोक - SDP

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18879 | सिन्धुपाल्चोक - SDP

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

मेलम्ची खानेपानी ट्याङ्कीका ठेकदार मृत भेटिए

Posted on February 12, 2019 | views : 2319 | सिन्धुपाल्चोक - SDP

माघ २९, ललितपुर । ललितपुरको ढोलाहिटीमा मेलम्ची खानेपानीको ट्याङ्कीका ठेकदार मृत भेटिएका छन् । भारतको बेतिया मतुवाच घर भइ हाल ललितपुर बस्दै आएका ४९ वर्षीय ईश्वर महतो मृत भेटिएका हुन् । ललितपुर प्रहरी परिसरका उपरीक्षक (एसपी) गोविन्द थपलियाका अनुसार महतो पानी नभएको नयाँ रिजर्ब ट्यांकीभित्र मृत भेटिएका

Read More

प्रदेश नं ३ सरकारको एक वर्षमा सबै कानून निर्माण

Posted on February 12, 2019 | views : 2597 | सिन्धुपाल्चोक - SDP

रिपेश दाहाल | माघ २९, हेटौँडा | केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ ।  प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९

Read More

भोली सार्वजनिक बिदा

Posted on February 04, 2019 | views : 5637 | सिन्धुपाल्चोक - SDP

माघ २१, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको म

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16390 | सिन्धुपाल्चोक - SDP

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14607 | सिन्धुपाल्चोक - SDP

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13574 | सिन्धुपाल्चोक - SDP

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11936 | सिन्धुपाल्चोक - SDP

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More