औरही गाउँपालिकामा जसपालाई झटका : उपाध्यक्षले गरे कांग्रेसमा प्रवेश

Posted on: 10 Apr, 2022

चैत्र २७, सिरहा | सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ ।

गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए । 

उनले केहीदिन अगाडी पार्टी परित्याग गरेको घोषणासमेत गरेकी थिइन् । उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव शैलेन्द्र यादवले जनाएको छ। 

यो पटक पुनः उपाध्यक्षको टिकट नदिने भएपछि उनले जसपा छाडेको बताइन्छ । कांग्रेसले भने उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको जिल्ला सचिव यादवले जनाए । कांग्रेस केन्द्रीय सदस्य दिनेश प्रसाद यादव र जिल्ला सभापति रामचन्द्र यादवले उनलाई फूल माला र अबिर लगाई पार्टीमा स्वागत गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!