सरिता गिरीले दर्ता गरिन् स्वतन्त्र उम्मेदवारी

Posted on: 09 Oct, 2022

असोज २३, सिरहा । सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिरहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् । 

लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो । जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!