सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 25 Apr, 2022

वैशाख १२, सिरहा | सिरहाको धनगढीमाई नगरपालिका–७ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

आज बिहान सवा १० बजे अनटेष्ट मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिराहाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!