२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नयाँ संविधानको स्वागत गर्दै विजयोत्सव

४ आश्विन २०७२, सोमबार ०२:१४

प्रकाश धौलाकोटी, असोज ४, तेह्रथुम । लामो समयको प्रतिक्षा पछि संविधानसभाबाटै जारी भएको संविधानको स्वागत गर्दै तेह्रथुममा आज पनि विजयोत्सव, मोटरसाइकल र्याली र कोणसभा लगायतका कार्यक्रमको तयारी भइरहेको छ ।

dipawoli

हिजो हर्षोल्लासका साथ सदरमुकाम म्याङलुङबजार सँगै जिरिखिम्ती, बसन्तपुर, सक्रान्तिबजार लगायत बजारहरुमा नागरिकहरुले स्वतस्फुर्त दीपावली गरेका थिए । बजारका मुख्य चौकमै विच सडकमा नेपालको नक्सा अंकन गरी साथमा नेपाल राष्टिय झन्डा समेत बनाई संविधानका ३ सय ८ वटै धारालाई ३ सय ८ वटै दीप प्रज्वलन गरी स्वागत गरेका छन् ।

संविधान घोषणा भएको अवसरमा साँझ गाउँ गाउँमा समेत दीपावली गरी खुसीयाली मनाइएको थियो । आज पनि संविधान जारी भएको अवसरमा लामो समयको संक्रमणकाल पछि जनताको विजय भएको भन्दै जिल्लाका विभिन्न बजारहरुमा विजयोत्सव र कोणसभाको तयारी भइरहेको छ ।

म्याङलुङमा विभिन्न जातिको झाँकी सहितको र्यालीले बजार परिक्रमा, जिरिखिम्तीमा जिरिखिम्तीबाट म्याङलुङबजार सम्म आएर बजारपरिक्रमा गर्ने, बसन्तपुरमा मोटर साइकल र्याली र त्यसपछि कोणसभाको आयोजना गरिएको छ । यस्तै आजै जिल्लाको पुर्वी सक्रान्तिबजारमा पनि विजयको र्यालीले बजार परिक्रमा गरी कोणसभाको कार्यक्रम गर्ने तयारी स्थानीय राजनीतिक दलहरुले गरेका छन् ।

हर्षोल्लासका साथ संविधानको स्वागत गरिरहेका स्थानीयले जिल्लाबाट संविधानसभामा रहेका सभासदहरुलाई बधाई तथा धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की