अबैध रुपमा नदिजन्य पदार्थहरु उत्खनन् गरिरहेको अवस्थामा मकवानपुरबाट ४ जना पक्राउ

Posted on: 05 Jun, 2018

जेठ २२, हेटौंडा। मकवानपुर प्रहरीले  खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु  उत्खनन् गरिरहेको अवस्थामा  एउटा टिपरसहित ३ वटा जेसिबी र चालकहरुलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथर खोलामा अबैध ढुङगा, गीटी,बालुवा उत्खनन् गरिरहेको अवस्थामा  फ्रेन्डशिप कन्स्ट्रक्सन चितवनको ना ७ ख ७९७६ नम्बरको  टिपर ना १ क ६८१९, र ना १ क ६८०१ नम्बरको जेसिबि र एक on test जेसिबिका चालकहरुलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले  बताए।

टिपर र जेजिबी सहित पक्राउ पर्ने  चालकहरुमा  सल्यान त्रिवेणी गाउपालिका ३ बस्ने  २६ बर्षिया प्रदिप श्रेष्ठ, बर्दिया मधुवन नगरपालिका २ बस्ने २० वर्षीया  रुपलाल चौधरी, बर्दिया घर भएका २८ बर्षीया मैते चौधरी र मकवानपुर मनहरी गाउपालिका ६ बस्ने  २७ बर्षका शन्त बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जेसिबी  र टिपर आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर पठाईएको र  चालकहरुलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरी  कारबाही  प्रक्रिया अगाडि बढाएको  एसपी लोकेन्द्र श्रेष्ठले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!