महोत्तरीको कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ

Posted on: 25 Mar, 2022

चैत ११,  महोत्तरी । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका संचालक दिलीप भनिने संजयकुमार महतोलाई आज प्रहरीले पक्राउ गरेको छ ।

उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पूर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो पक्राउ परेका हुन् ।

कान्तिपुर डेण्टलका संचालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दात उपचारमा सग्लन हुँदा ज्यान लिएको आरोप छ ।

चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दात उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध  जाहेरी दिएका थिए ।

चिकित्सा समबन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दात उखलेका पीडितको आरोप छ ।

दात उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँद ा रानी सिंहलाई जनकपुर लगिएको थियो ।  प्रादेशिक अस्पताल जनकपुरमा अत्याधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

अनुसन्धानका लागि समेत प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!