सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

Posted on: 08 May, 2022

वैशाख २५, सोलुखुम्बु | विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक जना रुसी नागरिकको मृत्यु भएको छ । 

राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो । 

उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिविवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!