एन्फा उपाध्यक्ष राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार

Posted on: 25 Apr, 2022

वैशाख १२, काठमाडाैं | अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरकाे उम्मेदवार बनेका छन् ।  सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बनेका हुन् । उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिडेको राईले न्युज कारखानालाई बताए । 

एन्फाका मनोनित उपाध्यक्ष हुन् । २०७४ सालमा हालका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई जिताउन प्रदेश एकबाट उनी महत्वपूर्ण भूमिकामा थिए ।  

यस्तै, राई एन्फा प्रदेश नम्बर एकका संयोजकसमेत हुन् । राई नेपाली कांग्रेस धरानका पूर्व नगर सभापति हुन् । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!