धरानमा पानी ल्याउन सफल भए हर्क साम्पाङ

Posted on: 13 Sep, 2022

भदौ २८, धरान | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गरेका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । त्यो वाचा धरान बजारमान खानेपानी पुर्‍याएर पूरा गरेका हुन् ।


उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!